logo

नेकपा एमाले बहुदरमाई नगरको अध्यक्षमा कुशवाहा सर्वसम्मत

 इसीमाना सम्बाददाता     २०८२ जेठ २८ गते ०६: १९ मा प्रकाशित     1184   पटक पढिएको

वीरगन्ज । नेकपा (एमाले)बहुदरमाई नगर कमिटीको नगर अधिवेशनले प्रमोद कुशवाहालाई  सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

उपाध्यक्षमा सुरेन्द्र यादव, र अशोक रौनियार,  सचिवमा, देवतान्द कलवार , उप–सचिवमा  सरिता पटेललाई  सर्वसम्मत  रुपमा निर्वाचित गरेको छ। 

कार्यक्रममा संघीय सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नवगठित कार्यसमितिलाई बधाई दिँदै बहुदरमाई नगरको विकास र समृद्धिमा पार्टीको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे ।

यसैगरी, नेकपा एमालेका केन्द्रीय सदस्यहरू अरविन्द सिंह र नेता शिव पटेलको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो। May be an image of 11 people, people smiling and temple

अधिवेशनमा सहभागी कार्यकर्ताहरूले नयाँ कार्यसमितिले पार्टीको जनआधार विस्तार गर्न र आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष प्रमोद कुशवाहाले अधिवेशनलाई सम्बोधन गर्दै आफूमाथि विश्वास गरेर सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । उनले बहुदरमाई नगरमा पार्टीको संगठनलाई थप सुदृढ बनाउने, जनताका समस्याहरूलाई प्राथमिकताका साथ उठाउने र नगरको विकास निर्माणका कार्यहरूमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.