logo

आलमलाई सफाई दिने न्यायधीशद्वयमाथि इजलाशमै कालो मोसो, तीन जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ जेठ २९ गते ०५: २९ मा प्रकाशित     1308   पटक पढिएको

                                                                          फाइल तस्विर 

वीरगन्ज । उच्च अदालत, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम  र अर्जुन महर्जन थारुमाथि कालो मोसो दलिएको छ ।

 

उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगज इजलासमै मोसो प्रहार भएको हो।

धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले वीरगन्ज इजलासमा प्रवेश गरी न्यायाधीशद्वयमाथि  मोसो प्रहार गरेका हुन्। उनीहरूले इजलासभित्रै ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए।

May be an image of hospital

न्यायधीशद्वय अर्को कुनै मुद्धाको सुनवाई गरि सकेर आदेशका बारेमा बिर्मश गरिरहेका थिए । त्यही बेलामा इजलाशमा प्रवेश गरेका बहुमतका कार्यकर्ताले मसी प्रहार गरेका हुन ।।

मोसो प्रहार गरेलगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गर्भू महतो, पदमबहादुर मगर, र अभिनाष भन्ने किशोर कुम्हाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जनाएका  छन्।

 

पक्राउ परेकाहरुले आफनो मिशन सफल भएको भन्दै हत्कडी लगाएको हातम एक अर्कोसंग मिलाएका थिए । 

यो घटना रौतहटको बहुचर्चित राजपुर बम विस्फोट र व्यक्ति हत्या प्रकरणसँग जोडिएको छ। यसअघि, गत जेठ १४ गते जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिएको थियो। उक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.