वीरगंज । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।
मुख्य सडक विस्तारको विरुद्ध स्थानीयले दायर भएको मुद्धा सर्वोच्चले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालयको आग्रहपछि वीरगंज महानगरपालिकाले सडक अतिक्रमण हटाउन शुरु गरेको हो । त्रिभूवन राजपथको वीचबाट दाया बाया २५ मिटरमा पर्ने संरचना हटाउने काम सुरु गरेको हो ।
महानगर प्रमुख राजेशमान सिंह स्वयं तीनवटा डोजरसहितको टोली लिएर भन्सार क्षेत्रबाट महानगर प्रमुख राजेशमान सिंहले अभियान अभियान सुरु गरेका थिए। विस्तार कार्य भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताएका छन ।
यो मार्ग वीरगञ्ज–पथलैया हाइवे तथा भारतको कोलकाता बन्दरगाहसँग जोडिने नेपालकै एक प्रमुख मालवाहक सडक हो ।
रक्सौल नाका हुँदै भित्रिने सवारी साधनको प्रवेशद्वार समेत भएको यस सडकको अव्यवस्थित अवस्था, अतिक्रमण र साँघुरोपनका कारण दैनिक ट्राफिक जाम, दुर्घटना र धुलो–धुवाँले नागरिक हैरान भइरहेका थिए ।
स्थानीय व्यापारी, युवाहरू र सामाजिक अभियन्ताहरूले सडक चौडा भएपछि वीरगञ्जको स्वरूप नै फेरिने बताउँदै अभियानप्रति समर्थन जनाएका छन् ।
यद्यपि सडक क्षेत्रमा भवन संरचना पर्ने केही स्थानीयवासीले भने उचित मुआब्जा नपाएको गुनासो गरेका छन् ।
तपाईको प्रतिक्रिया