प्रहरीले स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष १९ का प्रकाश जैसवाल र बारा प्रसौनी गाउपालिका वडा नम्बर ६ बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता रहेका छन ।
पर्सा प्रहरीले जैसवालको साथ बाट २४ लाख र गुप्ताको साथ बाट २९ लाख ८० हजार रूपैया बरामद गरेको हो ।
वीरगंज को बीरगंज पब्लिक क्याम्पस छेउमा डेरा गरी बस्ने गुप्ता समेतले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको विषेश सूचना प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।
उनले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रूपैया २४ लाख फेला परेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो ।
साथै शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा नेपाली रूपैया २९ लाख ८० हजार थप फेला परेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनु भयो ।
स्रोत नखुलेको ५३ लाख ८० हजार रूपैया बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया