logo

रेडक्रसद्वारा डिसीसीएसी पर्सालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

      5/28/2021 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ८ लाख मुल्य बराबरको स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेको छ ।  

 

कोरोना संक्रमितको उपचारमा र संक्रमणबाट बच्न उपयोगी  स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।  
रेडक्रस शाखाको तर्फबाट रेडक्रस प्रदेश २ का सभापति फुलमहम्मद मियाँले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

 


सर्जिकल मास्क २० हजार थान, आक्जसजन कन्सन्ट्रेटर ३ थान,  व्यक्तिगत सुरक्षा सामाग्री पि.पि.ई ५० थान गरी  ८ लाख मुल्य बराबरको सामाग्री हस्थान्तरण गरिएको रेडक्रस पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले जानकारी दिनु भयो  ।

 


 रेडक्रसले महामारीमा पनि  विरामीहरुको लागि रक्तदान गराउनुको साथै एम्बुलेंस सेवा, नाकामा हेल्प डेस्क सञ्चालन जस्ता मानवीय कार्य गर्दै आएको रेडक्रस पर्साले जनाएको छ  ।


जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नाराका साथ मानवीय सेवा कार्यमा रेडक्रसले सहयोग र योगदान दिँदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.