logo

नेपाली चलचित्र जनै हराएको मान्छेको पोस्टर वीरगञ्जमा सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८२ असार २३ गते ०१: ५४ मा प्रकाशित     1134   पटक पढिएको

वीरगञ्ज । नेपाली चलचित्र  ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोस्टर वीरगञ्जमा सार्वजनिक गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल, पर्साको आयोजनामा घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा कार्यक्रम सम्पन्न भएको हो।

 

संघका अध्यक्ष सूर्यनारायण वि.क., वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा पोस्टरको अनावरण गरेका हुन्।

 

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार नन्दु श्रीवास्तवले चलचित्रले समाजको यथार्थलाई चित्रण गर्ने बताए। लामो समयदेखि नेपाली, हिन्दी र भोजपुरी फिल्ममा काम गरेको अनुभवका आधारमा उनले नेपाली चलचित्र क्षेत्र पछिल्लो समय सुधारतर्फ उन्मुख रहेको बताए। प्रविधि र नवप्रवर्तनको प्रयोगले यस क्षेत्रले नयाँ फड्को मारेको उनको भनाइ थियो।

 

चलचित्र निर्माता हरी पन्तले ‘जनै हराएको मान्छे’ ले समाजको कथा बोल्ने अपेक्षा गर्दै चलचित्रको व्यवसायीक सफलताको शुभकामना दिए। विगतमा चलचित्रको प्रचारप्रसारका लागि धेरै दुःख पाएको स्मरण गर्दै उनले अहिले चलचित्र पत्रकार संघको सहयोगले काम सहज बनेको बताए। साथै, चलचित्रको नामले नै दर्शकलाई उत्सुक बनाएको उनले प्रतिक्रिया दिए।

 

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्तले भने, “नेपाली चलचित्र मधेशमा चल्दैनन् भन्ने धारणा पुर्ण बहादुरको सारङ्गीले गलत साबित गरेको छ ”।

 

चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने जानकारी गराए।

चलचित्रका निर्देशक हिमाल न्यौपाने हुन् भने निर्माता कमल न्यौपाने र बिमल न्यौपाने छन्। प्रमुख भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडीलगायतको अभिनय रहनेछ।

आज देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.