logo

स्वास्थ्य अधिकृत ठाकुर प्रहरी नियन्त्रणमा, छलफल निष्कर्ष बिहिन

 इसीमाना सम्वाददाता     २०८२ असार २३ गते ०५: २० मा प्रकाशित     1262   पटक पढिएको

वीरगन्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार पत्रकारहरुलाई दुर्ब्यहार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र ब्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

 

 जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो  । चर छलफलबाट कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी पत्रकारले जनाएका छन ।


हिजो दिउँसो वीरगन्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले कार्यक्रमस्थलमा आएर दुर्व्यवहार गरेको पत्रकारहरुको आरोप छ ।

 

पत्रकार सन्तोषकुमार कुशवाहा ,आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए।

 

यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको छ। संयोजक ठाकुरलाई सामान्यतया पर्साका पत्रकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ, तर यस घटनाले पत्रकारहरू आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस विषयमा गम्भीर चासो देखाएको छ।


पत्रकारका विभिन्न संघ–संगठनहरुले यो घटनालाई आपत्तिजनक भन्दै दुर्व्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.