logo

भानु जयन्तीकाे अवसरमा साहित्यकार लाठ र अधिकारीका कृति पुरस्कृत

 ईसिमाना सम्वाददाता     २०८२ असार २९ गते ०४: ३८ मा प्रकाशित     662   पटक पढिएको

,वीरगञ्ज । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ। 

 कार्यक्रमको शुभारम्भ वीरगञ्ज बसपार्कमा अवस्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरी गरिएको थियो।

 

 त्यसलगत्तै, वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठी आयोजना गरियो।

 

 नारायणी वाङ्गमय प्रतिष्ठानकी  कोषाध्यक्ष कविता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

 

विशिष्ट अतिथिहरूमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयाेजक के.सी.लामिछाने उधाेग  वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, मधेस प्रदेश महासंघका शयाम बन्जारा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायतको उपस्थिति थियो। 

 

प्रमुख अतिथि मेयर राजेशमान सिंहले आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषाको शिल्पी मात्र नभई नेपाली पहिचानको मेरुदण्डका रूपमा चित्रण गरे।

 

 उनले भने, “आजको दिन साहित्य, भाषा र संस्कृतिप्रतिको हाम्रो कर्तव्य सम्झनको दिन हो। वीरगञ्जमा यस्ता कार्यक्रमहरू हुनुले यो शहरको सांस्कृतिक चेतना र साहित्यिक सक्रियता झल्काउँछ।“

 

 

 विभिन्न व्यक्तित्व सम्मानित कार्यक्रममा वीरगञ्जका पुराना तथा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरियो।

 

त्यसैगरी, साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई पनि दोसल्ला, प्रशंसा पत्र र रु. १२,५०० नगदसहित सम्मान गरिएको थियो।

 

प्रतिष्ठानका सदस्य सुर्यानारायण विकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।

 

 गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत अतिथिहरूको स्वागत गरे।

 

 

आयोजना गरिएको प्रतियोगितामा गौतम माध्यमिक विद्यालयका विद्यार्थी क्रिस्टिना कर्ण पहिलो र नारायण माझी दोस्रो भए भने नवदिप एकेडेमीका अरुण यादव तेस्रो स्थान हासिल गरे।

 

 कार्यक्रममा वीरगञ्जका विभिन्न मिडिया प्रतिनिधि, साहित्यप्रेमी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.