logo

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

 इसीमाना सम्वाददाता     २०८२ सावन ३२ गते ०५: ५७ मा प्रकाशित     136   पटक पढिएको

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

 

 जसपाले बुधबार संसदीय दलको बैठकमार्फत सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएपछि सरकारसँग अब ५९ सदस्यीय राष्ट्रिय सभामा मात्र २८ सिट बाँकी रहेको छ।

 

सरकारमा सहभागी नेपाली कांग्रेससँग १६, नेकपा एमालेसँग ११ र लोकतान्त्रिक समाजवादी पार्टीसँग १ सिट रहेको छ।

 

 जसपाका तीन सांसदको समर्थन रहने हो भने सरकारसँग कुल ३१ सिट पुग्नेथियो, जुन राष्ट्रिय सभाको बहुमत हो। तर अब समर्थन फिर्ता भएसँगै सरकार स्पष्ट रूपमा अल्पमतमा परेको हो।

 

जसपाले समर्थन फिर्ताको निर्णय सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै लिएको हो।

 

पार्टीका अनुसार वर्तमान सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता र कमिसनतन्त्रमा लिप्त रहेको छ।

 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेकोले समर्थन फिर्ता लिनु परेको हो।

 

यसअघि नै जसपाको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको ठहर गर्दै समर्थन फिर्ता गर्न निर्देशन दिएको थियो। करिब एक महिनापछि संसदीय दलले त्यो निर्देशन कार्यान्वयन गरेको हो।

 

गत वर्ष ३१ असारमा प्रधानमन्त्री नियुक्त भएका ओली नेतृत्वको सरकारलाई सात दलका १८८ सांसदले प्रतिनिधि सभामा समर्थन दिएका थिए। तर राष्ट्रिय सभामा अब भने सरकार विधायन प्रक्रियामा पनि अन्य दलहरूको सहयोगमा निर्भर बन्नेछ।

 

राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रिय सभामा अल्पमतमा पुगेको सरकारले विधेयक पास गर्न कठिनाइ भोग्न सक्छ, जसले समग्र शासन सञ्चालनमा चुनौती सिर्जना गर्न सक्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

खाद्य संस्थान जनकपुरलाई धान नबेचेका किसनले गहुँ पनि बिक्री गरेनन्

जनकपुरधाम ।  संघीय सरकारको स्वमित्वमा रहेको खाद्य संस्थानलाई किसानले गहु नबेच्ने भएका छन । बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ नबेच्ने भएका हुन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.