logo

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

 इसीमाना सम्बाददाता     २०८२ सावन १ गते ०१: ३६ मा प्रकाशित     1051   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

 

 समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको उनले बताएका छन । प्रधानमन्त्री ओलीका अनुसार निर्माणमा ढिलाइ हुनामा वर्षा र अन्य प्राविधिक कारणले भूमिका खेलेका छन्।

May be an image of 4 people, people golfing and golf course

यद्यपि, सरकारले कामको गुणस्तरमा सम्झौता नगर्ने नीति अनुरूप अब परिणाममुखी कार्यशैली अपनाइएको उनको भनाइ छ। ‘ कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ, तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।

 

 अबका दिनमा सरकारी निर्माण आयोजनामा ढिलाइ र लापरबाही नस्विकारिने स्पष्ट पारेका छन। ‘अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ, सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ’, प्रधानमन्त्री ओलीले लेखेका छन ।

 

कीर्तिपुर रङ्गशालाको निर्माणलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कम्पनीलाई प्रोत्साहन र निगरानी दुवै तीव्र बनाएको छ। काम गर्नेलाई अवसर, ढिलाइ गर्नेलाई दण्डको नीति अब सशक्त रूपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.