logo

ठेकेदार कम्पनी ,दैनीक २ लाख जरिवाना तिर्दै काम गर्दै ,कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा

 इसीमाना सम्बाददाता     २०८२ सावन १ गते ०१: ३६ मा प्रकाशित     1189   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन ।

 

 समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको उनले बताएका छन । प्रधानमन्त्री ओलीका अनुसार निर्माणमा ढिलाइ हुनामा वर्षा र अन्य प्राविधिक कारणले भूमिका खेलेका छन्।

May be an image of 4 people, people golfing and golf course

यद्यपि, सरकारले कामको गुणस्तरमा सम्झौता नगर्ने नीति अनुरूप अब परिणाममुखी कार्यशैली अपनाइएको उनको भनाइ छ। ‘ कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ, तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।

 

 अबका दिनमा सरकारी निर्माण आयोजनामा ढिलाइ र लापरबाही नस्विकारिने स्पष्ट पारेका छन। ‘अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ, सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ’, प्रधानमन्त्री ओलीले लेखेका छन ।

 

कीर्तिपुर रङ्गशालाको निर्माणलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कम्पनीलाई प्रोत्साहन र निगरानी दुवै तीव्र बनाएको छ। काम गर्नेलाई अवसर, ढिलाइ गर्नेलाई दण्डको नीति अब सशक्त रूपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.