logo

नक्कली कागजातको भरमा अदालतमा रोक्का रहेको जग्गा बिक्री गर्ने चौधरी पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ सावन १ गते ०५: ३४ मा प्रकाशित     1384   पटक पढिएको

बारा । बारा जिल्ला अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गरी अदालतको नाममा नक्कली फुकुवा पत्र बनाएर रोक्का राखेको जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन्।

 

जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी मोति धामी थारुको छोरा संजित चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा अनुसन्धानका लागि बुझाइएको हो।

 

बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार, चौधरीले अदालतको लेटरप्याड, चलानी नम्बर, छाप र श्रेस्तेदारको दस्तखत स्क्यान गरेर किर्ते फुकुवा पत्र तयार गरेका थिए। सोही पत्रको आधारमा बारा मालपोत कार्यालय सिमराबाट कित्ता नम्बर ५४३ को ०–७–० क्षेत्रफलको जग्गा फुकुवा गराई दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरेका थिए।

 

उक्त जग्गा  पवन साहले चन्द्रिका धामीसंगको लेनदेन ब्यवहार नमिलेका कारण अदालतको आदेशमा जग्गा रोक्का गराएका थिए । त्यही जग्गा नक्कली कागजात तयार गरेर चौधरीले बिक्री गरेका थिए ।

 

 चौधरीले अदालतको पुरानो फुकुवा पत्रमध्ये एकको प्रतिलिपि पाएर त्यसको आधारमा मिल्दोजुल्दो व्यहोरा टाइप गरी अदालतको लोगो, छाप र दस्तखत स्क्यान गरेर किर्ते कागजात तयार गरेको स्वीकार गरेका छन्।

 

तर यस कार्यमा संलग्न देखिएका उनका बुवा मोति धामी थारु भने  फरार छन्।प्रहरीले चौधरी बिरुद्ध अनुसन्धान शुरु गरेको जनाएको  छ ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.