logo

रजिया फाउण्डेशनद्वारा आधारभूत बिद्यालय बिन्दवासीनमा खानेपानी प्रणाली जडान

 इसीमाना सम्बाददाता     २०८२ सावन २ गते ०१: २१ मा प्रकाशित     1725   पटक पढिएको

वीरगंज । रज़िया स्मृति प्रतिष्ठानको सहयोगमा विद्यालयमा खानेपानी प्रणाली जडान भएको छ । 

 


बिन्दवासीनी गाउँपालिकाको वडा नं ३ मा रहेको स्काउट आधारभूत विद्यालयमा  प्रतिष्ठानको  खानेपानी प्रणाली जडान गरिएको हो ।

May be an image of 5 people and text

खानेपानीको ब्यवस्थित आपूर्तीले  विद्यार्थीहरू, शिक्षकहरू र सम्पूर्ण विद्यालय परिवारलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने प्रतिष्ठानका अध्यक्ष तवरेज अहमदे बिश्वास ब्यक्त गरे ।

शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष अहमदले उक्त खानेपानी प्रणालीको औपचारिक उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई हस्तान्तरण गरेका हुन्।

 

 विद्यालयका प्रधानाध्यापक प्रमोद चौरसियाका अनुसार यस प्रणालीबाट करिब ५ सय विद्यार्थी र शिक्षक–शिक्षिकाहरू लाभान्वित हुनेछन्।

यसमा विद्युतीय पानी तान्ने मोटर, १ हजार लिटर क्षमताको पानी ट्याङ्की, पिउने पानीका लागि ५ वटा धारा र शौचालयका लागि ७ वटा अतिरिक्त धारा समावेश छन्।

खानेपानी प्रणालीको जडानले बिद्यार्थीको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्ने अहमदको बिश्वास छ।

 

२०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा नं ५ धोवीनी माइत भएकी रजीया अहमदको दाइजो नदिएकै कारण भारतको दिल्लीमा  हत्या भएको थियो ।

May be an image of 8 people

उनैको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले खानेप्रणाली जडान गरेकोमा नेकपा एमालेका नेता सलाउदिन अहमदले प्रतिष्ठानलाई आभार ब्यक्त गरेका छन ।

 

उनले स्वच्छ पिउने पानीको  उपलब्धता बिद्यार्थीहरुकालागि आवश्यक थियो प्रतिष्ठानले त्यो आवश्यकता पुरा गरेकोमा उनले खुशी ब्यक्त गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.