logo

भूमिहीनलाई जग्गा दिन नापजाँच सुरु, सखुवाप्रसौनी सामाजिक न्याय तर्फ एक कदम अगाडि

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते ०५: ४३ मा प्रकाशित     1237   पटक पढिएको

वीरगंज ।  सुकुम्बासी मुक्त मुलुक बनाउने राष्ट्रिय अभियानले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा महत्वपूर्ण मोड लिएको छ।

 

भूमिहीन, दलित र अव्यवस्थित बसोबासीहरूलाई जग्गा स्वामित्व दिलाउने लक्ष्यसहित भूमि समस्या समाधान आयोग,  पर्साले वडा नं. १ मा नापजाँच कार्यको औपचारिक सुरुवात गरेको हो।

 

सर्बेक्षक नकुल पटेलको नेतृत्वमा खटिएको प्राविधिक टोलीले तीनजना अमिनसहित स्थानीय बस्तीमा नापजाँच सुरु गरेको छ।

 

आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार, दीर्घकालीन रूपमा भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रक्रियामा  यो पहिलो कदम हो, जसले हजारौं नागरिकलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गर्नेछ।

गाउँपालिका अध्यक्ष जसवन्त यादव र वडा अध्यक्ष बासुदेव महतो थारुको सक्रिय सहयोगमा यो अभियान अझ प्रभावकारी ढंगले अगाडि बढिरहेको छ।

 

अध्यक्ष यादवले सिमान्तकृत नागरिकको हितकालागि आफनो ध्यान केन्द्रीत रहेको बताए । उनले केही दिन अघिमात्र सुकुम्वासी बस्तीमा बन कार्यालयले गरेको सीमांकनका खुट्टी समेत उखालेर फालेका थिए ।

 

 उनले सर्वहारा वर्गको हित र उत्थान नै आफनो पार्टी सखुवाप्रसौनी गाउापालिकाको लक्ष्य रहेको बताए ।

 

वास्तविक भूमिहीनहरूलाई चिनेर उनीहरूलाई कानुनी स्वामित्वमा ल्याउनु हाम्रो लक्ष्य हो, अध्यक्ष अहमदले भने, यसले सामाजिक न्यायको जगमा टेकेर समावेशी र समान समाज निर्माणतर्फ टेवा पुर्‍याउनेछ।

 

नापजाँच सम्पन्न भएपछि योग्य लाभग्राहीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिनेछ, जसबाट उनीहरूले बैंकिङ पहुँच, आवासीय स्थायित्व र सामाजिक सम्मान प्राप्त गर्नेछन्।

यो अभियानले न केवल भूमिहीन नागरिकहरूको जीवनमा स्थायित्व ल्याउनेछ, र जिल्लाभरी सुकुम्बासी समस्या समाधान गर्ने मार्गचित्रसमेत निर्माण गर्नेछ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.