logo

कलैयाका चर्चित राजनीतिज्ञ साह र गुप्त जनमतमा प्रवेश,जनमत कैकल्पीक शक्तिको रुपमा अगाडि बढ्दै

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते ०६: २० मा प्रकाशित     979   पटक पढिएको

कलैया । संबिधान सभाका सदस्य प्रमोद गुप्ता एवं  प्रदेश सभाका पूर्व सदस्य पारस प्रसाद साह सोमवार कलैयामा आयोजीत एक कार्यक्रकावीच जनमत पार्टीमा प्रवेश गरेका छन ।

 

 पार्टी अध्यक्ष डा. सी.के.राउतले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन । 


पार्टी प्रवेश कार्यक्रममा  अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरूलाई जनमत पार्टीको सिद्धान्त र लक्ष्यप्रति प्रतिबद्ध भएर काम गर्न अपिल गरे । उनले देश र जनताको सेवाका लागि जनमत पार्टी सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता पनि व्यक्त गरे।

 

 नवप्रवेशी नेताले जनमत पार्टीको एजेन्डा र डा. राउतको नेतृत्वबाट प्रभावित भई पार्टी प्रवेश गरेको बताएका छन्।

 

 लामो समयदेखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध रहेका यी दुई नेताको बहिर्गमन मधेसको परम्परागत राजनीतिक शक्तिहरूको विघटन र नयाँ वैकल्पिक धारहरूको उदयतर्फ संकेत गर्छ।


नेपालको मधेस केन्द्रित राजनीति पछिल्ला दशकमा दुविधा र असन्तुष्टिले भरिएको छ। महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता पुराना नेताहरूको प्रभावका बीच नयाँ पुस्ता र स्थानीय नेतृत्वमा निराशा बढ्दै गएको थियो।

 

लोसपा, जसपा,  जस्ता पार्टीहरूबीचको निरन्तरको फुट र मिलनले जनतामा पार्टी र नेतृत्वप्रति वितृष्णाु पैदा गरिरहेको थियो।

 

यस्तो सन्दर्भमा सीके राउतको नेतृत्वमा आएको जनमत पार्टी एक वैकल्पिक शक्ति बनेर उदाएको छ — जुन स्पष्ट विचारधारा, सुदृढ संगठन, र युवामुखी नीतिसँगै अगाडि बढिरहेको छ।

 

प्रमोद गुप्ता र परश प्रसाद साहको प्रवेश जनमतको विस्तारित प्रभाव क्षेत्र, विशेषतः मधेस भित्रको पुरानो राजनीतिक सञ्जालमा पहुँच, सुदृढ संगठनात्मक विस्तार र नेताहरूमा समेत उत्पन्न भएको अवस्था देखाउँछ।

 

गुप्ता र साह दुबैले हालका पार्टीहरूप्रति निराशा, नेतृत्वको गम्भीर अभाव, तथा संगठनात्मक विघटनलाई आफ्नो बहिर्गमनको कारणका रूपमा देखाएका छन्। 

 

विशेष गरी तराई(मधेसका पुराना निर्वाचन क्षेत्रहरूमा प्रभावशाली नेताहरूले जनमत रोज्न थालेपछि २०८४ को निर्वाचनमा जनमतले दोस्रो पुस्ताका मधेसी नेताहरूलाई संगठित गर्दै बलियो वैकल्पिक ध्रुव निर्माण गर्नसक्ने प्रक्षेपण देखिन्छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.