logo

रौतहटको नुनथर स्थित बाग्मतीमा डुवेर दुई भारतीयको ज्यान गयो

 इसीमाना सम्वाददाता     २०८२ सावन ११ गते ०५: ५८ मा प्रकाशित     358   पटक पढिएको

रौतहट । दुई भारतीय युवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ ।

 

डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज आइतबार फेला परेको हो ।

 

भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका  २४ वर्षीय नितिश कुमार राउतसहित दुई जना ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइसकेपछि जल भरिरहेको अवस्थामा अचानक बेपत्ता भएका थिए ।

 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुर र सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको संयुक्त टोलीले खोजतलास गरेको थियो ।

 

प्रहरीले आइतबार चन्द्रपुर नगरपालिका–१ गोपालकुटीस्थित बागमती सिँचाइ आयोजनाको मुख्य नहर (हेड वर्क्स ब्यारेज) को पश्चिम साइडको ‘एच’ नम्बर गेटमा राउतको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

 

यसअघि बेपत्ता भएका दुईमध्ये बिहारको सीतामढी जिल्ला ग्राम जमुआहा.१ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव शनिबार झोलुङ्गे पुल नजिकै, घटनास्थलदेखि करिब १५० मिटर दक्षिण तैरिरहेको अवस्थामा  फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता रायले जानकारी दिए ।

प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई चन्द्रपुरस्थित अस्पतालमा राखेको जनाएको छ । मृतकको सनाखत उनका बुबाले गरेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.