logo

वीरगन्ज साइकलिङ क्लबद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

      6/2/2021 गते 00 00 मा प्रकाशित     603   पटक पढिएको

 वीरगन्जको राणीसती मन्दिर अगाडि निषेधाज्ञा अवधिभरका लागि स्थापना गरिएको सहायता कक्ष  (हेल्प डेस्क) लाई वीरगन्ज साइकलिङ क्लबले दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

 

क्लबका अध्यक्ष सन्जय अग्रवालले बुधवार सहायता कक्षका  किशन सर्राफलाई कन्सनट्रेटर हस्तान्तरण गर्नु भएको हो ।

 

उक्त अवसरमा क्लबका कोषाध्यक्ष नूतन सरावगी, अनुप सरावगी, सुमन बेनर्जी, नेहा अग्रवाल, स्वेता मस्करा, ओम मित्तल र डा.अन्नु पटावरीको उपस्थिती रहेको थियो ।

 

सिकिस्त कोरोना संक्रमितले निशुल्क रुपमा उक्त कन्सन्टे«टर प्रयोग गर्न सक्ने छन् । महामारी नियन्त्रणमा आएपछि कन्सन्ट्रेटर क्लबले फिर्ता लिने अध्यक्ष अग्रवालले जानकारी दिनु भयो ।

 

कोरोना महामारीको समयमा क्लबले समाजका विभिन्न तहलाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.