logo

कार्य सम्पादन मूल्याकंनमा मधेश भरिमा गौतम मिश्र नेतृत्वको पर्सा प्रहरी सर्वोत्कृष्ट

 इसीमाना सम्वाददाता     २०८२ सावन १२ गते ०६: ३२ मा प्रकाशित     593   पटक पढिएको

जनकपुरधाम । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र मधेश प्रदेशमै कार्य सम्पाद मूल्याकंनमा सर्वोत्कृष्ट हुन सफल भएका छन । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर कार्यालयले गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको हो ।

 

यो सफलताको श्रेय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वदायी भूमिकालाई दिइएको छ, जसले आफू हाजिर भएदेखि नै विभिन्न अभियान चलाएर पर्सामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको   मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले जनाएका छन ।

 

प्रहरी उपरीक्षक गौतम मिश्रको कमान्डमा पर्सा प्रहरीले ४० वटा बुँदामा केन्द्रित रहेर गरेको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकका साथ पहिलो भएको हो। यो अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ।

 

फरार प्रतिवादी पक्राउमा पनि पर्सा प्रहरीले उल्लेख्य सफलता पाएको छ। विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ।

 

यसबाट फैसला कार्यान्वयनतर्फ ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९ सय ५६ रुपैयाँ जरिवाना असुल उपर भएको छ।

लागुऔषध नियन्त्रणमा पनि पर्सा प्रहरीले कीर्तिमानी काम गरेको छ। ठूलो परिमाणमा ३ सय १९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ परेका छन् भने कुल ६ सय २४ केजी चरेस, १,हजार ५ सय ६१ केजी गाँजा, १ केजी ५ सय ९० ग्राम अफिम लगायतका विभिन्न लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्।

 

मानव बेचबिखन विरुद्ध पनि जिल्ला प्रहरी कार्यालयले कडा रूपमा प्रस्तुत भई १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरेको छ। कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धानमा पनि पर्सा प्रहरी अब्बल देखिएको छ।

 

प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचनालाई व्यवस्थित र सौन्दर्यीकरण गरी प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरेका छन्। धार्मिक सद्भाव कायम राख्न पनि उनको भूमिका प्रशंसनीय छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम जस्ता पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै खलबल आउन नदिई उनले सक्षम कमान्डरको उदाहरण प्रस्तुत गरेका छन्।

२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता र मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक विजेता बन्न सफल भएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.