logo

तीन सय कार्टुन रक्सी सहित ट्रयाक्टर नियन्त्रणमा, चालक र धनीको खोजी हुदै

      6/3/2021 गते 00 00 मा प्रकाशित     581   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं २ भिषूवा बाट प्रहरीले ३ सय कार्टुन मदिरा सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

 

राती १ बजेको समयमा बन्जारीबाट भारत तर्फ जान लागेको ट्रयाक्टर र रक्सी प्रहरीले नियन्त्रणमा लिएको हो । बिशेष सूचनाको आधारमा प्रहरीले  पोखरिया इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेको थियो । प्रदेश २- ०३ -००१ थ ०००१ नम्बरको ट्याक्टर बन्जारीको १० गजामा रोकी चालक फरार भएका थिए ।

 

 बन्जारीबाट भारत तर्फ जादै गरेको ट्रयाक्टरका चालकले प्रहरी देखेपछि उनी गाडी रोकेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्काश खनालले जानकारी दिनु भयो । 

 


प्रहरीले ट्रयाक्टर र रक्सीको १० लाख ६० हजार मूलयाकन गरि आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको जनाएको छ ।  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.