वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले मंगलबार दिउँसो पर्सा जिल्लाको वीरगंज पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर भएको एकजनालाई उद्धार गरेको छ ।
अन्दाजी ३५ वर्षीय पुरुष आफ्नो नाम ठेगाना प्रष्ट बताउन नसक्ने व्यक्तिलाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्जमा लगिएको हो।
आश्रम लगे पश्चात् उनको सरसफाई नुहाइ धुहाई पछि डा. भरत गोईतको निगरानीमा औषधी उपचार शुरु गरिएको छ ।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता , मानवसेवा आश्रमका अभिभावक सामाजिक अभियन्ता प्रकाश थारु, वडा प्रहरी कार्यालयका बरिष्ट हवल्दार दिनेश यादव साथै स्थानीय व्यक्तित्वहरूको उद्धारमा उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया