logo

पत्नी हत्यामा दण्डीत साह अर्को हत्या आरोपमा फेरी पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ सावन १५ गते ०२: ४७ मा प्रकाशित     592   पटक पढिएको

जनकपुर । धनुषामा खुकुरी प्रहार गरी १४ वर्षीया अञ्जली यादवको हत्या गर्ने क्षिरेश्वरनाथ नगरपालिका–९, ईच्छापुरका ३५ वर्षीय   रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।


बिहीबार राति साहलाई धनुषा जिल्लाको महेन्द्रनगरस्थित इच्छापुर टोलबाट विशेष प्रहरी टोलीले नियन्त्रणमा पक्राउ गरेको हो।

गत मंगलबार जनकपुर उपमहानगरपालिका क्षेत्रको सञ्चय कोष नजिक बस्ने आशा यादवसँग विवाद बढेपछि साहले खुकुरी प्रहार गरेका थिए।सो घटनामा आशाकी छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो।


२०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए।  तर पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्धबाट टाडा रहने प्रयास गरेपछि आक्रोशमा आएर रामबाबुले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका डिएसपी  बरुण बहादुर सिंहले सिंहले बताए।

 

खुकुरी आक्रमणमा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र भतिजी राधा यादव समेत घाइते भएकी थिइन्।

 

प्रहरी अनुसन्धानका क्रममा साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल परिसकेका व्यक्ति रहेको तथ्य खुलेको छ।

केही समयअघि मात्र जेलबाट छुटेका उनी पुनः अर्को जघन्य अपराधमा संलग्न भएका छन्।

 

हाल साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी विस्तृत अनुसन्धान सुरु गरिएको छ।

 

प्रहरीका अनुसार उनलाई कडा निगरानीमा राखिएको छ र आवश्यक प्रमाण संकलनका लागि सूक्ष्म सोधपुछ भइरहेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.