बागमती । सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक बलरा नगरपालिका ४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्।
बुधबार मध्याह्न बागमती नगरपालिका १२ स्थित भरत तालमा उनको शव फेला परेको थियो।
शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनाका सन्दर्भमा प्रहरीले बिस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।
तपाईको प्रतिक्रिया