logo

वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सिंह र गायन पुरस्कारबाट देव सम्मानीत

 इसीमाना सम्बाददाता     २०८२ सावन १६ गते ०९: २८ मा प्रकाशित     608   पटक पढिएको

राजविराज । दशौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह सम्मानित भएका छन् ।

 

 

 मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको ३३औं स्मृति दिवसको अवसरमा वैद्य–प्रकाश मानव अधिकार कोष, सप्तरीद्वारा राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका वीच नगद ११ हजारसहित सिंह सम्मानित भएका हुन् ।

सप्तरीलाई आफ्नो कार्यक्षेत्र बनाई करिब पाँच दशकदेखि वकालत पेशामा सक्रिय रहेका  सिंहलाई कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा नगद ११ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।


८४ वर्षीय सिंह विद्यार्थी आन्दोलन हुँदै कानुन व्यवसाय तथा मानव अधिकार क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

May be an image of 13 people, people smiling and temple

उनले वि.सं. २०२६ सालदेखि सर्वोच्च अदालतमा वकालत सुरु गरेका थिए  भने २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थियो। हाल पनि उनी मानव अधिकार तथा प्रजातान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय रहेका छन् ।


यसै अवसरमा “छैठौं उर्मिला देवी गीत गायन पुरस्कार–२०८२” बाट मैथिली महिला परिषद्का सदस्य रूपा देवलाई सम्मानित गरिएको छ।

 

उनलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली लगायतले प्रमाणपत्रसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरी सम्मानित गरे ।


प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो भाइबुहारी स्व. उर्मिला देवी झाको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारबाट विगत ६ वर्षदेखि मैथिली गीत गायनमा उत्कृष्ट महिलालाई सम्मान गर्दै आएका छन् ।


पुरस्कारका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्ण, न्यायाधीश बामदेव ज्ञवाली, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल,  कोशी प्रदेश संयोजक मनोहर पोखरेल,प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.