logo

मानव बेचबिखनको आरोपमा प्रहरीद्वारा दुई जना गिरफ्तार

      6/4/2021 गते 00 00 मा प्रकाशित     602   पटक पढिएको

भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर सैफी र उनको पत्नी तनहुँ, दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्साले जेठ २१ गते गिरफ्तार गरेको छ । 

 

उनीहरूले गोरखा घर भएका २० र २२ वर्षीया दुईजना महिलालाई भारत बिक्री गर्न लैजाने क्रममा वीरगंज–१६ इनर्वाबाट उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो । 

 

पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण अन्तर्गत कसूर गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट ७ दिने म्याद थमाइ अनुसन्धान भइरहेको खनालले जानकारी दिनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.