logo

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

 इसीमाना सम्वाददाता     २०८२ सावन २६ गते ०८: १७ मा प्रकाशित     1102   पटक पढिएको

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

 

जिल्ला समितिले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार सखुवा प्रसौनी गाउँपालिकाबाट प्राप्त सिफारिस र तथ्यांकको आधारमा उक्त क्षेत्रका लक्षित वर्गलाई जग्गा वितरणको तयारी गरिएको हो। यस क्रममा, गाउँपालिकाले उपलब्ध गराएको विवरण र आयोगको स्थलगत मूल्यांकनपछि सूची तयार गरिएको छ।

 

सूचनामा भनिएको छ, “यो सम्बन्धमा कसैले कुनै आपत्ति वा दाबी पेश गर्न भए, भूमि सम्बन्धी व्यवस्था नियमावली, २०७१ को नियम ४३ र उपनियम (४) बमोजिम जिल्ला समितिको कार्यालयमा ७ दिनभित्र लिखित निवेदन दिनु पर्नेछ।” आयोगले समयावधि भित्र दावी नपरेमा, प्रक्रिया कानुनअनुसार अघि बढाइने जनाएको छ दिएको छ।


भूमि सम्बन्धी व्यवस्था नियमावली, २०७१ ले भूमिहीन, दलित, सुकुम्बासी र अब्यवस्थित  बासिन्दालाई व्यवस्थित रूपमा बसोबासको अधिकार दिलाउन जग्गा वितरणको प्रक्रिया स्पष्ट गरेको छ।

 

नियमावलीको नियम ४३ र उपनियम (४) बमोजिम, सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित पक्षलाई हकदावी दर्ता गर्न समय सीमा दिर्नु पर्ने प्रबन्ध गरेको छ ।


भूमि समस्या समाधान आयोग २०७७ सालमा स्थापना गरिएको हो। यसको मुख्य उद्देश्य भूमिहीन र असंगठित रूपमा बसोबास गरिरहेका बासिन्दाको तथ्यांक संकलन गरी उनीहरूलाई कानुनी रूपमा स्वामित्वसहित जग्गा उपलब्ध गराउनु हो।

 

पर्सामा आयोगको काम अन्तर्गत  ठोरी, जगरनाथपुर, धोबीनी लगायतका क्षेत्रमा सूचीकरणको काम हुँदै आएको छ।

 

दशौँ वर्षदेखि स्थायी बसोबास गर्दै आएका तर कानुनी स्वामित्व नपाएका दलित, सुकुम्बासी र अतिक्रमणकारी बासिन्दाको संख्या सखुवा प्रसौनी गाउपालिकामा धेरै रहेको आयोगले जनाएको छ ।

जिल्ला समिति पर्साका अध्यक्ष तबरेज अहमद र सदस्य सचिव दीपक कुमार सिंहको हस्ताक्षरसहितको सूचनामा भनिएको छ, “निर्धारित समयसीमा भित्र हकदावी नपरेमा  नियमावली अनुसारको सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.