logo

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

 इसीमाना सम्वाददाता     २०८२ सावन २६ गते ०८: १७ मा प्रकाशित     1178   पटक पढिएको

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

 

जिल्ला समितिले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार सखुवा प्रसौनी गाउँपालिकाबाट प्राप्त सिफारिस र तथ्यांकको आधारमा उक्त क्षेत्रका लक्षित वर्गलाई जग्गा वितरणको तयारी गरिएको हो। यस क्रममा, गाउँपालिकाले उपलब्ध गराएको विवरण र आयोगको स्थलगत मूल्यांकनपछि सूची तयार गरिएको छ।

 

सूचनामा भनिएको छ, “यो सम्बन्धमा कसैले कुनै आपत्ति वा दाबी पेश गर्न भए, भूमि सम्बन्धी व्यवस्था नियमावली, २०७१ को नियम ४३ र उपनियम (४) बमोजिम जिल्ला समितिको कार्यालयमा ७ दिनभित्र लिखित निवेदन दिनु पर्नेछ।” आयोगले समयावधि भित्र दावी नपरेमा, प्रक्रिया कानुनअनुसार अघि बढाइने जनाएको छ दिएको छ।


भूमि सम्बन्धी व्यवस्था नियमावली, २०७१ ले भूमिहीन, दलित, सुकुम्बासी र अब्यवस्थित  बासिन्दालाई व्यवस्थित रूपमा बसोबासको अधिकार दिलाउन जग्गा वितरणको प्रक्रिया स्पष्ट गरेको छ।

 

नियमावलीको नियम ४३ र उपनियम (४) बमोजिम, सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित पक्षलाई हकदावी दर्ता गर्न समय सीमा दिर्नु पर्ने प्रबन्ध गरेको छ ।


भूमि समस्या समाधान आयोग २०७७ सालमा स्थापना गरिएको हो। यसको मुख्य उद्देश्य भूमिहीन र असंगठित रूपमा बसोबास गरिरहेका बासिन्दाको तथ्यांक संकलन गरी उनीहरूलाई कानुनी रूपमा स्वामित्वसहित जग्गा उपलब्ध गराउनु हो।

 

पर्सामा आयोगको काम अन्तर्गत  ठोरी, जगरनाथपुर, धोबीनी लगायतका क्षेत्रमा सूचीकरणको काम हुँदै आएको छ।

 

दशौँ वर्षदेखि स्थायी बसोबास गर्दै आएका तर कानुनी स्वामित्व नपाएका दलित, सुकुम्बासी र अतिक्रमणकारी बासिन्दाको संख्या सखुवा प्रसौनी गाउपालिकामा धेरै रहेको आयोगले जनाएको छ ।

जिल्ला समिति पर्साका अध्यक्ष तबरेज अहमद र सदस्य सचिव दीपक कुमार सिंहको हस्ताक्षरसहितको सूचनामा भनिएको छ, “निर्धारित समयसीमा भित्र हकदावी नपरेमा  नियमावली अनुसारको सम्पूर्ण प्रक्रिया अघि बढाइनेछ।”

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.