logo

नागरिक उन्मुक्ति पार्टीलाई निर्वाचन आयोगको अंकुश,रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम

      २०८२ सावन २८ गते ०७: २४ मा प्रकाशित     423   पटक पढिएको

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले रन्जीता श्रेष्ठलाई पार्टीको अध्यक्षबाट हटाउन गरेको निर्णयलाई निर्वाचन आयोगले अंकुश लगाएको छ ।

 

 पार्टीले राष्ट्रिय भेलाको नाममा साउन १५ गते लालवीर चौधरीलाई  अध्यक्ष चयन गरेको थियो । तर निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको छ। भेला पछि  निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिदा आयोगले यस्तो निर्णय दिएको हो । 


निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने निर्णय आयोगले गरेको जानकारी दिइन्। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो।

 

नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम थिएन। उनी २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियामा स्वतन्त्र उम्मेदवार बनेर जितेपछि मात्रै नाउपामा प्रवेश गरेका थिए।

 

लालवीर नाउपा संरक्षक रेशम चौधरीका बाबु हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन्। श्रीमतीलाई अध्यक्ष पदबाट हटाएर रेशमले बाबुलाई अध्यक्ष बनाएका थिए तर निर्वाचन आयोगले मान्यता दिएन।

 

नाउपाले २०८० मा पहिलो महाधिवेशन गरेर रेशमलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले मान्यता नदिएर रञ्जितालाई नै अध्यक्षमा कायम गरिदिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.