logo

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

 इसीमाना सम्बाददाता     २०८२ भदौ ६ गते ०८: २७ मा प्रकाशित     1019   पटक पढिएको

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

 

आयोगको कार्यालयमा  अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमै ४३ जनाको अन्तिम नामावली प्रमाणित गर्दै लालपुर्जा वितरणको बाटो खोलिदिएको हो।

 

यससँगै अब सखुवाप्रसौनी गाउँपालिका–१ का भूमिहीनले जग्गाको स्वामित्व  पाउने सपना पुरा हुने भएको छ । 

 

आयोगका सदस्य सचिव दीपक कुमार सिंहले प्रमाणीकरण भएका व्यक्तिहरूलाई आगामी आइतबार लालपूर्जा प्राप्तिका लागि थप कागजी प्रक्रिया पूरा गर्न ७ दिने सूचना जारी गरिने बताए ।

 

यससँगै जिल्लाका दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि जग्गा वितरणको बाटो खुलेको अध्यक्ष अहमदले  बताए।

बैठकमा  जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी विनय श्रीवास्तव, आयोगका विज्ञ सदस्य सन्तोष पासवान, सदस्य शिव नारायण राम, आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख दीपक सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि दीपक पटेल, मालपोत कार्यालय वीरगन्जका नापी प्रमुख लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

यो कदम पर्सा जिल्लाका भूमिहीन र सुकुम्बासी समुदायका लागि आवासीय सुरक्षासँगै समाजिक न्यायको सुनिश्चिततातर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।


भूमिहीन दलित र सुकुम्बासीको पक्षमा आएको यो निर्णयलाई जिल्लामा ऐतिहासिक मोडको रूपमा लिइएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

एकै दिन नदीमा डुवेर महोत्तरीमा  चार बालिकाको मृत्यु

बर्दीवास ।  महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

सिँचाइका लागि जडान भएका १० वटा ट्रान्सफर्मर चोरी,सिँचाइ सुविधा अवरुद्ध

जनकपुरधाम । धनुषा तथा महोतरी जिल्लामा भूमिगत सिँचाइका लागि जडान भएको १० वटा डिपटयुवेलको ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ सुविधा अवरुद्ध भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.