logo

नयाँ शैक्षिक सत्रमा शुल्क नबढाउन नीजि शिक्षालयलाई बिद्यार्थीको अपिल ,सुरक्षा मापदण्ड नभई बिद्यालय संचालन नगर्न माँग 

      6/13/2021 गते 00 00 मा प्रकाशित     921   पटक पढिएको

निषेधाज्ञाका कारण बन्द रहेका बिद्यालयहरुलाई नयाँ शैक्षीक सत्रको शुल्क नबढाउन आग्रह गरेका छन ।

निषेधाज्ञाका कारण अभिभावकहरुको आम्दानीको स्रोत नराम्रोसंग प्रभावित भएकोले बिद्यार्थी नेताहरुले यस्तो आग्रह गरेका हुन ।

 

यस्तो अवस्थामा शुल्क बृद्धि गरेर अभिभावकलाई तनाव नदिन समेत बिद्याल संचालकहरुसंग अपिल गरेका छन । 

बिधार्थी संगठनका नेताहरुले आईतबार बीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्णलाई भेटगरि  बिद्यार्थी संगठनको सरोकारको बिषयमा जानकारी गराएका छन ।

 

बिद्यार्थी संगठनका नेताहरुले , विद्यालय सञ्चालनको ठोस नीति नबनाई विद्यालय सञ्चालन नगर्न समेत माँग गरेका छन । कोभिड विरुद्धको स्वास्थ्य सावधानीको मापदण्ड र महानगरले अनुगमन समिति गठन नगरेसम्म विद्यालय सञ्चालन गर्न नहुने अनेरास्ववियुका नेता हेमन्त तमाङले बताउनु भयो ।

 

 सम्बन्धीत सबै सरोकारवालाहरुसँग छलफल गर्दै स्वास्थ्य सुरक्षाको प्रत्याभुति नगरि विद्यालय सञ्चालन गर्न नहुने तमाङको तर्क छ । 


यस्तो अवस्थामा शूल्क बढाउने, पाठ्यपुस्तक थप्ने तथा परिवर्तन गर्ने, विद्यालयको पोशाक परिवर्तन गर्ने जस्ता  कार्यहरु नगर्न ध्यानाकर्षण गराउँदै विद्यार्थी तथा विद्यालय सम्बन्धी निर्णय गर्दा विद्यार्थी संगठनलाई पनि अनिवार्य रुपमा सहभागि गराउन बिद्यार्थी संघर्ष समितिले आग्रह गरेको  समितिका संघर्ष समितिका हेमन्त तामाङले बताउनु भयो  ।


शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले समितिले उठाएको विषयहरुबा बारेमा महानगर सचेत रहेको जानकारी गराउँदै विद्यालय सञ्चालनको ठोस खाका बनाउने आश्वासन दिनु भएको छ  । उहाँले अनुगमन समिति बनाउने र मापदण्ड निर्माणका लागि छिटै छलफल गरी सूचना निकालिने बताउनु भयो  । 


बैठकमा संघर्ष समितिका अध्यक्ष विकास तिवारी, सदस्य रेयाज अन्सारी, शेष हजरा, फिरोज बादशाह, एजाजबाबु राकी, मनोज साह, अभय कर्ण,आशिफ अहमद, सल्लाहाकार समितिका अध्यक्ष सुजित गिरी, पूर्व विद्यार्थी नेता शिवजी गुप्ता लगायतको सहभागिता रहेको सल्लाहाकार समितिका सदस्य एवम् अनेरास्ववियुका केन्द्रिय सदस्य तामाङले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.