logo

वीरगञ्जमा हैजा तथा झाडापखालाविरुद्ध जनचेतनामूलक अभियान

 इसीमाना सम्वाददाता     २०८२ भदौ १३ गते ०४: ४६ मा प्रकाशित     549   पटक पढिएको

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा शुक्रबार हैजा तथा झाडापखालाबाट बच्ने उपायबारे जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

 


 लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीले अभियानको संयुक्त आयोजना गरेका हुन्।

 

अभियानमा स्थानीयलाई सरसफाइ र सुरक्षित खानपानबारे व्यवहारिक जानकारी दिइएको थियो। उमालिएको वा क्लोरिन हालिएको पानी मात्र पिउने, खुला खाद्यपदार्थ नखाने, नियमित साबुनपानीले हात धुने, खाना पकाउँदा तथा खाने बेलामा स्वच्छता कायम गर्ने, झाडापखाला भएमा तुरुन्तै ओ.आर.एस. सेवन गर्ने र स्वास्थ्य संस्थामा सम्पर्क गर्ने जस्ता उपायहरू प्रभावकारी हुने जनाइएको थियो।

 

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले व्यक्तिगत सरसफाइलाई प्राथमिकता दिए हैजा तथा झाडापखालजस्ता रोगबाट सजिलै बच्न सकिने बताइन्। उनले यो अभियानलाई वीरगञ्ज महानगरका ३२ वटै वडामा निरन्तर सञ्चालन गरिने समेत जानकारी दिइन्।

 

अभियानका क्रममा सचेतनामूलक पर्चा वितरण गरिनुका साथै समुदायलाई स्वस्थ व्यवहार अपनाउन आग्रह गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष अजय कुमार बरै, डिपुटी चिफ लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन पिया सिंह, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, लायन दिलिप कुमार पंडित, लायन रुपशिला जैसवाल, लायन ब्युटी जैसवाल, लायन प्रभात आननद, लायन वंशराज गुप्ता, स्थानीयवासी लगायत अन्य लायन्स सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.