logo

पर्सामा निःशुल्क आँखा उपचार शिविर ५९८ जनाको परीक्षण, २१ जनामा मोतियाबिन्दु

 इसीमाना सम्वाददाता     २०८२ भदौ १३ गते ०४: ५८ मा प्रकाशित     856   पटक पढिएको

वीरगंज ।  पर्साको जिराभवानी गाउँपालिका–१ मा शुक्रबार सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट सयौँ स्थानीयवासी लाभान्वित भएका छन्।

 

वीरगञ्ज सामुदायिक आँखा अस्पताल र आसमान नेपालको सहकार्यमा तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा भएको शिविरमा विद्यार्थी, शिक्षक र अभिभावकसहित ५९८ जनाको आँखा परीक्षण गरिएको थियो।

 

परीक्षणका क्रममा २१ अभिभावकमा मोतियाबिन्दु फेला परेको छ। मोतियाबिन्दु पत्ता लागेकाहरूको निःशुल्क शल्यक्रिया आगामी सोमबार गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

 

शिविर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा र वडा नम्बर १ का अध्यक्ष रामशरण खवासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सामुदायिक आँखा अस्पतालका नेत्र प्राविधिक  प्रभात चौरसिया र  पूजा पासी नेतृत्वको टोलीले सेवा प्रदान गरेको शिविरमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामाजिक संस्थाका प्रतिनिधिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.