logo

होटेल तथा पर्यटन ब्यवसायी संघले बिभिन्न कर मिनाहको माँग गर्दै महानगरलाई बुझायो ज्ञापन 

      6/20/2021 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

होटल तथा पर्यटन ब्यवसायी संघले महानगरप्रमुख बिजय कुमार सरावगीलाई आइतवार एक ज्ञापन पत्र बुझाउदै कर मिनाहको माँग गरेको छ ।

 

लामो समय देखी बन्द रहेका होटेल तथा पार्टी प्यालेसलाई राहत स्वरुप कर मिनाह हुनु पर्ने संघका अध्यक्ष हरि पन्तले बताउनु भयो । निषेधाज्ञा अवधीभर होटल संचालन भएका छैनन ।

 

गत वर्षको लक डाउन देखी नै पूर्ण संचालन हुन नसकेका होटेल तथा पार्टी प्यालेसहरुले महानगरलाई बिभिन्न शिर्षकमा तिर्नु पर्ने कर मिनाह गर्न संघले आग्रह गरेको उहाँले बताउनु भयो । 


  लकडाउन अबधी भरको माहनगर संग सरोकार राख्ने  होटलको घर कर ,घरबाहल कर ,ब्यबसायकर र सरसफाइ शुल्क मिनाह गर्न माँग गर्दै पन्तले ज्ञापन बुझाउनु भएको हो ।

 

उहाँले होटेलमा काम गर्ने कामदार मजदुरलाई खोपको अनिबार्य  ब्यबस्था गर्न  पनि ज्ञापन पत्र  मार्फत माँग गर्नु भएको छ ।  

 

२०७६ चैत्र देखि नै लगभग बन्दाबन्दिकै अवस्थामा  रहेका बीरगंजका होटेल तथा पार्टी प्यालेसहरु कहिले देखी संचालनमा आउछन भन्न सक्ने अवस्था अझै बनेको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.