logo

यस वर्षको स्व.बिन्दु पाण्डे पत्रकारिता पुरस्कार रेडियो पत्रकार कुंवरलाई

      6/20/2021 गते 00 00 मा प्रकाशित     1068   पटक पढिएको

यस वर्षको स्व. बिन्दु पाण्डे पत्रकारिता पुरस्कार रेडियोकर्मी अनिता कँुवरलाई प्रदान गरिने भएको छ । स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठान असार ४ मा प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकार कुँवरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

 

 

प्रतिष्ठानले हरेक बर्ष पर्सेली महिला पत्रकारहरु मध्ये एक जनालाई पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानले रेडियो वीरगन्जमा लामो समय देखि कार्यरत  कुँवरलाई यो वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

 

 पत्रकार सरोज खड्काको संयोजकत्वमा ५  निर्माण गरिएको छनौट समितिले पत्रकार कुँवरलाई छानेको हो । पर्सामा क्रियाशिल पत्रकार महिलाहरुको वीचबाट कुंवरलाई छनौट गरिएको समितिका संयोजक खडकाले जानकारी दिनु भयो । 

 

स्व. पाण्डेको स्मृतिमा ६ वर्ष अगाडि स्थापना भएको प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते उहाँको पुण्य तिथिमा पुरस्कार वितरण गर्दै आएको छ ।

 

कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको निषेधाज्ञाले पुरस्कार वितरण
मिति यस वर्ष केही दिन धकेलिएको छ । निषेधाज्ञापछि कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.