logo

मेयर कल्याणकारी कोषबाट किशोरीको विवाहका लागि ३० हजार सहयोग

      6/20/2021 गते 00 00 मा प्रकाशित     569   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीको सेवा सुविधाबाट संचालन गरिएको मेयर कल्याणकारी कोषबाट गरिब विपन्न युवतीको विवाहको लागि आर्थिक सहयोग गर्नुभएको छ ।

 

महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरबाट पाउदै आउनु भएको आफ्नो तलब भता बाट संचालन गरेको मेयर कल्याणकारी कोषबाट महानगरपालिका वडा नम्बर १६ का एकजना किशोरीको बिबाहको लागि ३० हजार नगद आर्थिक सहयोग गर्नुभएको महानगर प्रमुखको सचिवालयले जनाएको छ ।

 

महानगर प्रमुख सरावगीले यसअघि पनि मेयर कल्याणकारी कोषबाट विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।

 

खासगरी गरिब विपन्न परिवारलाई आर्थिक अभावका कारण कुनै काम गर्न नसकेको अवस्थामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको मेयर कल्याणकारी कोषबाट धेरै विपन्न गरिबहरुको आँखाको निःशुल्क चेकजाँच र शल्यक्रिया पनि गरिदिनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.