logo

नागरिकता बनाउन बीरगंज कहिले जाने ? निजी सवारी संचालनको पालो कहिले आउने ?

      6/21/2021 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको

स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारे संगै सरकार तथा गैर सरकारी कार्यालयहरुले आफनो सेवा संचालनमा ल्याएका छन ।

 

सेवा संचालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना भए नभएको कार्यालय प्रमुखले निगरानी गर्ने गरि जिल्ला प्रशासन कार्यालय पर्साले आदेश जारी गरेको छ  । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकलाई दिने सेवा सम्बन्धमा पनि सूचना जारी गरेको छ ।

 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले एक सूचना जारी गर्दै नागरिकताको प्रमाण पत्र , प्रतिलिपि तथा पासपोर्ट लिनकालागि बिभिन्न स्थानीय तहलाई समय तालिका बिभाजन गरिएको उल्लेख गर्नु भएको छ । 


असार ७ गतेबाट लागू हुने गरि समय तालिका मिलाईको छ । पर्साको पिहरमाई गाउँपालिका, कालिकामाई, धोविनी, जगरनाथपुर, पटेर्वा सुगौली, जिराभवानी,पकाहा मैनपुर सखुवा प्रसौनी  र ठोरी गाउँपालिकाका नागरिककालागि नागरिकता, प्रतिलिपि,राहदानी र अन्य सिफारिशकालागि आईतवार र सोमवार समया निर्धारण गरिएको छ ।

 

बिन्दवासीनी गाउँपालिका,पोखरिया, बहुदरमाई र पर्सागढी नगरपालिकाकालागि मंगलवार र बुधवार बीरगंज महानगरपालिकाकालागि बिहिवार र शुक्रवारको समय मिलाइएको छ । 

 

त्यसैगरि असार ८ गतेदेखि निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार चलाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार सूचना जारी गर्दै निजी सवारी चलाउन पाउने जानकारी गराएको हो ।

 

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा जिल्लाभित्र निजी सवारी साधन असार ८ गतेदेखि लागू हुने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर हुने गरी सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ ।


कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि असार ६ गते जारी गरिएको आदेशमा संशोधन गर्दै प्रशासनले निजी सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.