logo

बिद्यार्थीको माँग सम्बोधन, महानगरले बनाउने बिद्यालय अनुगमन समितिमा बिद्यार्थी संगठनका प्रतिनिधि राखिने

      6/22/2021 गते 00 00 मा प्रकाशित     642   पटक पढिएको

बिद्यालय अनुगमनकालागि बीरगंज महानगरले बनाउने संयन्त्रमा बिद्यार्थी संगठनका प्रतिनिधिलाई पनि समावेश गर्ने महानगर प्रमुख बिजय सरावगीले प्रतिवद्धता जनाउनु भएको छ ।

 

मंगलवार आफनै कार्यकक्षमा बिद्यार्थी संघर्ष समितिका प्रतिनिधिहरुसंग भएको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । 


नगरप्रमुख सरावगीले अनुगमनका लागि १० वटा टोली गठन गर्ने र उक्त टोलीमा विद्यार्थी संगठनबाट १÷१ जनालाई समावेश गरिने प्रतिबद्धता जनाएपछि बिद्यार्थी संघर्ष समिति र महानगरप्रमुख वीचको वार्ता टुंगिएको थियो । 

यसअघि विद्यालय सञ्चालन र विद्यार्थीहरुका सवाल सम्बन्धी आवाज उठाउन गठित सयुक्त विद्यार्थी संगठनले कोभिड १९ को महामारीका बिच विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।


वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पूर्ववत पोशाक, पाठ्यपुस्तक र शूल्क यथावत राख्नुपर्ने मागको सम्बोधन गरेको छ ।

 

बिद्यालय अनुगमन समितिमा बिद्यार्थी संगठनका प्रतिनधि पनि समावेश हुने भएपछि बिद्यार्थी संघर्ष समितिले आफनो माँग पुरा भएको महशुस गरेको छ । 

अनुगमन समितिमा विद्यार्थीलाई समावेश गर्ने मागको सम्बोधन शैक्षिक प्रशासन महाशाखाबाट नहुने शाखा प्रमुख अर्विन्दलाल कर्णले स्पष्ट पारेपछि विद्यार्थीहरु नगरप्रमुख सरावगीलाई भेट्न गएका हुन् ।

 

 महानगरप्रमुख सरावगीलाई धन्यवाद दिँदै विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखी ठोस मापदण्ड बनाएर मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरिएको समितिका प्रवक्ता  हेमन्त तामाङ्ले जानकारी दिनु भयो  ।

 

संघर्ष समितिका संयोजक विकास तिवारी, सह–संयोजक कविराज पटेल, सदस्यहरु रेयाज अंसारी, फिरोज बादसाह, धर्मराज यादव लगायत विद्यार्थी नेताहरुको टोलीमा सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.