वीरगन्ज महानगरपालिकाको वडाहरु क्रमशः पूर्ण खोप वडा घोषणा गरिदै छ । एकहप्ता भित्रमा वडा नम्बर ८, १३, १४ र १५ पूर्ण खोप घोषणा गरेको महानगरपालिकाले शनिबार वडा नम्बर ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।
महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ६ लाई बिहीबार पूर्ण खोप घोषणा गर्नुभएको हो । वडा नम्बर ६ का अध्यक्ष लक्ष्मीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्ण रुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको हो ।
पूर्ण खोप वडा घोषणा गर्दै अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
यसैवीच वीरगन्ज महानगरपालिकाले शनिबार एकैपटक ५ वटा वडालाई पूर्ण खोप घोषणा गरेको छ । एकहप्ता भित्रमा वडा नम्बर ८, १३, १४ र १५ पूर्ण खोप घोषणा गरेको महानगरपालिकाले शनिबार एकैदिन वडा नम्बर १, २, ३, ४ र ६ लाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।
महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले वडाहरु पूर्ण खोप घोषणा गर्नुभएको हो । वडा नम्बर ६ का अध्यक्ष लक्ष्मीनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्ण रुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको हो । वडा नम्बर १, २, ३ र ४ वडा अध्यक्षहरुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ण खोप वडा घोषणा भएको हो ।
जन्मिएदेखि २३ महिना सम्मका बालबालिकालाई १२ वटा पूर्ण खोप लगाई सकेपछि पूर्ण खोप घोषणा गरिन्छ । अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया