logo

शीतलहर प्रभावितका लागि वीरगञ्जमा ३७५ थान कम्बल हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०८२ पौष १० गते ०३: ५८ मा प्रकाशित     281   पटक पढिएको

                                                                फाइल तस्विर

वीरगञ्ज । गत केही दिनदेखि वीरगञ्ज तथा आसपासका क्षेत्रमा एक्कासी बढेको चिसो र शीतलहरका कारण आम जनजीवन प्रभावित बनेको छ। 

 

प्रतिकूल मौसमबाट सबैभन्दा बढी प्रभावित गरिब तथा विपन्न वर्गलाई राहत पुर्‍याउने उद्देश्यले विभिन्न स्थानीय उद्योगपति तथा सामाजिक संघ–संस्थाको सहयोगमा ३ सय ७५ थान कम्बल वितरणका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरिएको छ।

 

सङ्घको सहजीकरणमा आयोजित एक समारोहबीच “मानव सेवा नै जीवनको सर्वोत्तम सेवा हो” भन्ने मूल नारासहित वीरगञ्जस्थित समर्पण सेवा संस्था, मारुती पेपर केमिकल इन्ड प्रा.लि., सुशील वनस्पति प्रा.लि. तथा वीरगञ्ज राउण्ड टेबल–३ को संयुक्त पहलमा उक्त कम्बल हस्तान्तरण गरिएको हो।

 

ती कम्बलहरू पर्सा र बारा जिल्लामा बसोबास गर्ने गरिब तथा विपन्न वर्गलाई जाडोयाममा सुरक्षित रहनका लागि वितरण गरिने जनाइएको छ।

 

कम्बल हस्तान्तरण कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, सुशील वनस्पति प्रा.लि.का महाप्रबन्धक विमल शर्मा, वीरगञ्ज राउण्ड टेबल–३ का अंशुमान अग्रवाल, हेमन्त बैध, अंकित अग्रवाल, निशान्त चाचानलगायतको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.