logo

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

 इसीमाना सम्बाददाता     २०८३ बैशाख ५ गते ०८: ४५ मा प्रकाशित     418   पटक पढिएको

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

 

वीगंजको क्लासिक बेक्वेटमा एक कार्यक्रमको आयोजना गरि बिदाई कार्यक्रम गरेको हो ।  सुदुर पश्चिमाञ्चल बिश्वबिद्यालयको परिक्षा नियन्त्रण कार्यालयका पूर्व प्रमुख प्रेम सिंह भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 


कलेजका प्रमुख बिनोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका संचालन डा.दीपेन्द्र चौधरीले बिद्यार्थीले पालना गर्नु पर्ने अनुशासनको बारेमा चर्चा गरेका थिए ।

 

उनले सफलताको कुंजी नै अनुशासन भएको चर्चा गर्दै जस्तो सुकै अवस्थामा पनि अनुशासनको पालना गर्न बिद्यार्थीलाई आग्रह गरे ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले बिदाई शब्दले थप दायित्वबोध गराउने बताए ।

 

भोलीको नेपालको भविष्यका रुपमा रहेका आजाका बिद्यार्थीहरुले आमा बुवाको सपना समेत साकार पार्नु पर्ने दायित्व रहेको बताए ।

 

उनले बिरोधाभाषको अन्त्य गर्दै दायित्वबोध गरेर इमान्दारीतापूर्वक आफनो गन्तब्य तर्फ बढनु नै बिदाईको अर्थ भएको बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा,वीरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतम  पत्रकार राघव साह, प्रेस सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे अध्यापकहरु सुशिला साह, सरोज चौधरी, बिनोद मेहता, दिनेश चौरसिया क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर प्रमुख प्रशासक सुरेश चौधरी लगायतले १२ कक्षाको परिक्षाकालागि शुभकामना  मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा कलेजका छात्राहरुले सास्कृतिक प्रस्तुती दिएका थिए कार्यक्रमको संचालन कलेजका शिक्षक कृष्ण पासवानले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.