logo

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८३ जेठ २४ गते ०६: २६ मा प्रकाशित     351   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

 

 यस अघि बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका हरि गौतम समितिको अध्यक्ष रहेका थिए । आइतवारको सभाले अरुण कुमार झालाई सर्वसम्मत रुपमा टोलको अध्यक्षमा भयन गरेको छ ।

 


त्यस्तै समितिको उपाध्यक्षमा कामेश्वर चौरसिया सचिवमा ऋषि राज सत्याल, सह सचिव कन्चन कोइराला र कोषाध्यक्षमा श्याम कुमार सिंह रहेका छन । समितिको सदस्यहरुमा संजय तिवारी,निभा दास, रामानन्द प्रसाद कुर्मी, राजेन्द्रहरि शर्मा, जयचन्द्र साह, सुरेश पंडीत, रहेका छन । समितिको संरक्षकमा हरि गौतमलाई चयन गरिएको सचिव ऋषिराज सत्यालले जानकारी दिए ।

 

समितिको सल्लाहकारमा के.सी.लामिछाने, डा. अशोक दास, डा. कृपा सिन्धु चौधरी, राजुझा, अवध किशोर सिंह, राजु श्रेष्ठ र गणेश झा रहेका छन ।

 

 समितिको पहिलो बैठक बसी नयाँ समिति चयन गर्नमा योगदान दिने र समितिलाई बिभिन्न आरोह अवरोह पार गर्दै यहासम्म ल्याउने अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.