logo

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०८३ जेठ २८ गते ०३: ५८ मा प्रकाशित     281   पटक पढिएको

                                                                                   तस्विरः एआई जेनरेटेड हो ।

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

 

भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए  ।

 

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५  बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको हो ।

 

     जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा हवाई उडानसम्बन्धी कार्यविधिबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको ड्रोन क्यामेरा नेपाल नागरिक उड्यन प्राविधिकरणको जोमसम शाखा कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

 

      ड्रोन क्यामेरा उडान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको हुनुपर्ने तथा मुस्ताङमा अन्नपूर्ण सरक्षित क्षेत्र भएकाले ड्रोन क्यामेरा उडानका लागि जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान रहेको छ  । त्यस्तै जोमसोम विमानस्थल क्षेत्रको मापदण्डभित्र पर्ने दूरीमा ड्रोन उडाइएकाले त्यस नियमको समेत उल्लङ्घन भएको प्रहरीको भनाइ छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.