logo

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

 इसीमाना सम्वाददाता     २०८३ असार ३१ गते ०८: ५८ मा प्रकाशित     186   पटक पढिएको

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

 


राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट परीक्षामा सहभागी भएका २८ जना विद्यार्थीमध्ये ४ जना विशिष्ट श्रेणी सहित सबैजना उत्तीर्ण भएका छन्।

 


विशिष्ट श्रेणी सहित उत्तीर्ण हुनेहरूमा रेखा कुमारी क्षेत्री  रागिनी साह  निमेष पण्डित  र मनिष यादव  रहेका छन् ।
विद्यालयको यो उपलब्धिलाई गुणस्तरीय शिक्षण, अनुभवी शिक्षक–शिक्षिका, विद्यार्थीको निरन्तर मेहनत तथा अभिभावकको सक्रिय सहयोगको प्रतिफलका रूपमा लिइएको  छ।

 


विद्यालयकी प्राचार्या आश्मा सिंह यादवले यस सफलताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छिन।

 


विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक टोली, अनुशासित शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जनाएको छ। यही कारणले विद्यालयले वर्षेनी उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको जनाएको छ।

 


यस वर्षको एसईई नतिजामा विद्यालयको शतप्रतिशत सफलता विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारका लागि गौरवको विषय बनेको छ।

 

विद्यालयले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिँदै सक्षम, जिम्मेवार र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढ्ने जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.