logo

जाेखिम न्यूनीकरण गर्न यस्ताे छ महानगरकाे निर्णय

 इसीमाना सम्बाददाता     २०८३ सावन २ गते ०६: ५२ मा प्रकाशित     270   पटक पढिएको

​वीरगन्ज । मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको पूर्वतयारीलाई लिएर वीरगन्ज महानगरपालिकाले तदारुकता देखाएको छ।

 

शनिबार वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा नगर विपत व्यवस्थापन मूल समितिको आकस्मिक बैठक सम्पन्न भएको छ।

 

 

 कार्यवाहक प्रमुखको सचिवालयमा बसेको उक्त बैठकले मनसुन पूर्वतयारी, अनुगमन, स्वास्थ्य सेवा तथा वडा कार्यालयहरूलाई तयारी अवस्थामा राख्ने लगायतका चारवटा महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल गर्दै विभिन्न निर्णयहरू गरेको छ। ​

 

 

बैठकले मनसुन सक्रिय भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सम्पूर्ण आवश्यक स्रोत-साधन, पूर्वानुमान र तयारीलाई चुस्त राख्ने निर्णय गरेको छ।

 

 

 यसका साथै मौसम पूर्वानुमान र पूर्व सूचना प्रणालीसँग निरन्तर आबद्ध रही पूर्वतयारी तीव्र पार्ने सहमति भएको छ।

 

 महानगरपालिका अन्तर्गत मनसुन सुरु भई केही स्थानमा समस्या सिर्जना भइसकेकाले तत्काल अनुगमन टोली परिचालन गरिने भएको छ।

 

उक्त टोलीले स्थलगत अवस्थाको विश्लेषण गरी समस्या समाधान गर्ने र आगामी दिनमा आउन सक्ने जोखिमको समेत आकलन गरी राहत वितरणको पूर्वतयारी गर्ने निर्णय बैठकले गरेको छ।

 

 ​विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने समस्या र महामारीको अवस्थालाई मध्यनजर गर्दै बैठकले आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्ने निर्णय गरेको छ।

 

 

यसका लागि सम्भावित स्वास्थ्य समस्या समाधानका निम्ति सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन परिचालन गर्ने र यससम्बन्धी आवश्यक पत्राचार गर्ने निर्णय भएको छ।

 

त्यस्तै, विपद्को जोखिम सिर्जना हुन सक्ने अवस्थाको पूर्वविश्लेषण गर्दै महानगरका सबै वडा कार्यालयहरूलाई पूर्ण तयारी अवस्थामा रहनका लागि तुरुन्त पत्राचार गरिने भएको छ। ​

 

कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको उक्त आकस्मिक बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मिया, हरि प्रसाद भुसाल र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि राजु प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।

 

 महानगरले मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्न र नगरवासीको सुरक्षाका लागि आफ्नो सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखेको जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.