logo

आयोजकलाई हराउँदै सरस्वतीको बिजयी सुरुवात

      2/2/2017 गते 00 00 मा प्रकाशित     1418   पटक पढिएको

सिमरा, २० माघ । आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

 

सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल गरे । आयोजकसामु उत्कृष्ट सुरुवात गरेको सरस्वतीले खेलको २२ औ मिनेटमा अग्रता लिएको थियो । बिपक्षीको कमजोर रंक्षापंक्तीको फाईदा उठाउदै दिपेश श्रेष्ठले डिबक्स भित्र मिलाएको पासलाई सदुपयोग गर्दै तिर्थ बस्नेतले बललाई जाली चुमाएका थिए । आक्रामक खेल खेलेको सरस्वतीले अग्रता लिएको पाच मिनेटमै अर्को गोल थप्यो । खेलको २७ औ मिनेटमा आयोजकका अजय पौडेलले कप्तान दिपेश श्रेष्ठलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जोनम लिगलले गोल गरेका थिए । जोनमको प्रहारलाई आयोजकका गोलरक्षक बिशाल श्रेष्ठले ठम्याउन सकेनन् । खेलमा २–० ले पछि परेपछि आयोजक पहिलो हाफमा दवावमा देखिएको थियो । पहिलो हाफमा आयोजकका खेलाडीबिच तालमेलको अभाव देखिन्थ्यो । खेलको दोस्रो हाफमा सुधारिएर प्रदर्शन गरेको आयोजकले अवसरको सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको पतन्जली म्यान अफ दि म्याच सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित भए । उनले पाच हजार नगर प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार सिएमजि संकटा र एपिएफ क्लबबिच खेल हुनेछ ।

 

यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । ए डिभिजनका पाच र मोफसलका पाच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्नेछ । उपबिजेताले २ लाख ५१ हजार पाउनेछ । प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.