logo

आयोजकलाई हराउँदै सरस्वतीको बिजयी सुरुवात

      2/2/2017 गते 00 00 मा प्रकाशित     1758   पटक पढिएको

सिमरा, २० माघ । आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

 

सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल गरे । आयोजकसामु उत्कृष्ट सुरुवात गरेको सरस्वतीले खेलको २२ औ मिनेटमा अग्रता लिएको थियो । बिपक्षीको कमजोर रंक्षापंक्तीको फाईदा उठाउदै दिपेश श्रेष्ठले डिबक्स भित्र मिलाएको पासलाई सदुपयोग गर्दै तिर्थ बस्नेतले बललाई जाली चुमाएका थिए । आक्रामक खेल खेलेको सरस्वतीले अग्रता लिएको पाच मिनेटमै अर्को गोल थप्यो । खेलको २७ औ मिनेटमा आयोजकका अजय पौडेलले कप्तान दिपेश श्रेष्ठलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जोनम लिगलले गोल गरेका थिए । जोनमको प्रहारलाई आयोजकका गोलरक्षक बिशाल श्रेष्ठले ठम्याउन सकेनन् । खेलमा २–० ले पछि परेपछि आयोजक पहिलो हाफमा दवावमा देखिएको थियो । पहिलो हाफमा आयोजकका खेलाडीबिच तालमेलको अभाव देखिन्थ्यो । खेलको दोस्रो हाफमा सुधारिएर प्रदर्शन गरेको आयोजकले अवसरको सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । खेलको पतन्जली म्यान अफ दि म्याच सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित भए । उनले पाच हजार नगर प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार सिएमजि संकटा र एपिएफ क्लबबिच खेल हुनेछ ।

 

यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । ए डिभिजनका पाच र मोफसलका पाच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्नेछ । उपबिजेताले २ लाख ५१ हजार पाउनेछ । प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.