कालो हरिणको शिकार गरेको मुद्दामा भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।उनलाई जोधपुर अदालतले बिहिबार यस्तो सजाय सुनाएको हो ।
अदालतले उनलाई दश हजार रुपैया जरिवाना पनि तोकेको छ ।प्रमाणको अभावमा सलमानसंगैका अन्य पाँच आरोपी भने रिहा भएका छन ।
सलमान खानलाई सजाय सुनाउने बेलामा उनीसंग उनका दुई बहीनी अर्पिता र अलविरा सगै थिए । सजाय सुनेपछि दुबै बहिनी रोएका थिए । सलमान बिरुद्ध सरकारी वकलीलले ६ वर्षको जेल सजाय माग गरेका थिए ।
सलमान खानलाई जोधपुर स्थित सेन्ट्रल जेलमा लगिएको छ । जोधपुरका डिआइजीका अनुसार जेलको सुरक्षा ब्यवस्था मजबुत बनाइएको छ । खानलाई जेलमा अन्य कैदीले खाने खाना नै दिइने छ ।
उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया