logo

भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा आयोजकसहित तीन टिम विजयी

      5/3/2018 गते 00 00 मा प्रकाशित     1685   पटक पढिएको

वीरगञ्ज, २१ वैशाख :

                             वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता हिजो देखि सुरु भएको छ । 
                             प्रतियोगिताको उद्घाटन खेलमा यूवा स्पोर्टस क्लब वीरगञ्ज, चितवन क्लब, सिमरा भेट्रान्स क्लब बारा र वीरगञ्ज भेट्रान्स क्लब विजयी भएका छन् ।
                            यूवा स्पोर्टस क्लब वीरगञ्ज यूवा क्लबले ३–० को विरुद्ध हेटौडा क्लब मकवानपुरलाई हराएको छ भने दोश्रो खेलमा विर्तामोड क्लब झापा र चितवन क्लब बीच भएको दोश्रो खेलमा चितवन १–० ले विजयी भएको थियो ।
                             त्यस्तै हिजै भएको तेश्रो खेलमा तेश्रो खेलमा मुंगेर भेट्रान्स क्लब बिहारलाई सिमरा भेट्रान्स क्लब बाराले २–० ले पराजित गरेको छ भने वीरगञ्ज भेट्रान्स क्लब “बी” र चपुर बीच भएको अन्तिम खेलमा वीरगञ्ज भेट्रान्स क्लब “बी” १–० ले विजयी भएको हो ।
                             प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैया“ पुरस्कार राशी तय गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद ३ हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने अयोजक क्लबले जानकारी दिएको छ ।

                            रिटायर भएर बसेका खेलाडीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर प्रतियोगिताको आयोजना गरेको आयोजकले बताएको छ । वैशाख २०, २१ र २२ गते हुने प्रतियोगितामा नेपाल र भारतका गरी १२ वटा भेट्रान्स क्लबले सहभागीता जनाउने आयोजक क्लबका महासचिव विनोद परियारले जानकारी दिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.