logo

भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता सुरु

उद्घाटन खेलमा आयोजकसहित तीन टिम विजयी

      5/3/2018 गते 00 00 मा प्रकाशित     1806   पटक पढिएको

वीरगञ्ज, २१ वैशाख :

                             वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान्स ऐट साइड गोल्ड कप डे नाइट फुटबल प्रतियोगिता हिजो देखि सुरु भएको छ । 
                             प्रतियोगिताको उद्घाटन खेलमा यूवा स्पोर्टस क्लब वीरगञ्ज, चितवन क्लब, सिमरा भेट्रान्स क्लब बारा र वीरगञ्ज भेट्रान्स क्लब विजयी भएका छन् ।
                            यूवा स्पोर्टस क्लब वीरगञ्ज यूवा क्लबले ३–० को विरुद्ध हेटौडा क्लब मकवानपुरलाई हराएको छ भने दोश्रो खेलमा विर्तामोड क्लब झापा र चितवन क्लब बीच भएको दोश्रो खेलमा चितवन १–० ले विजयी भएको थियो ।
                             त्यस्तै हिजै भएको तेश्रो खेलमा तेश्रो खेलमा मुंगेर भेट्रान्स क्लब बिहारलाई सिमरा भेट्रान्स क्लब बाराले २–० ले पराजित गरेको छ भने वीरगञ्ज भेट्रान्स क्लब “बी” र चपुर बीच भएको अन्तिम खेलमा वीरगञ्ज भेट्रान्स क्लब “बी” १–० ले विजयी भएको हो ।
                             प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ रुपैया“ पुरस्कार राशी तय गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद ३ हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने अयोजक क्लबले जानकारी दिएको छ ।

                            रिटायर भएर बसेका खेलाडीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर प्रतियोगिताको आयोजना गरेको आयोजकले बताएको छ । वैशाख २०, २१ र २२ गते हुने प्रतियोगितामा नेपाल र भारतका गरी १२ वटा भेट्रान्स क्लबले सहभागीता जनाउने आयोजक क्लबका महासचिव विनोद परियारले जानकारी दिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.