logo

जीतपुरसिमरा उपमहानगरमा मेयर कप फूटवल हुने

      5/23/2018 गते 00 00 मा प्रकाशित     1566   पटक पढिएको

सिमरा, ९ जेठ  । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित मेयर कप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ । 


उपमहानगरपालिकाको सहयोग र सामुदायिक बिकाशसिल क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले बुधवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । 
आयोजकका अनुसार प्रतियोगिता जेष्ठ १७ गते देखी असार २ गते सम्म सिमरा रंगशालामा हुनेछ ।

 

प्रतियोगिताको बिजेताले ट्रफिसहित ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट फरवार्ड, गोलरक्षक, डिफेन्स र सर्वाधिक गोलकर्ताले नगद ५÷५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन् । 


नेपाल खेलकुद पत्रकार मञ्ज बारा प्रवद्र्धक रहने प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडाले सहभागिता जनाउने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए । लामाका अनुसार वडाको टिमको संयोजन सम्बन्धित वडाअध्यक्षले गर्नेछन् । वडा भन्दा बाहिरका खेलाडीलाई टिममा सहभागी गराउन नपाईने समेत संयोजक लामाले बताएका छन् । 
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार मेयर कप फूटवलको आयोजना गर्न लागिएको बताएका छन् । खेलकुदमा रुची र क्षमता भएपनि अवसर नपाएका खेलाडीलाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन हुने मेयर डा. पौडेलको भनाई थियो ।

 
‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरुलाई जागृत गराउन जरुरी छ । यस्ता गतिविधि गराउन उपमहानगरले आफ्नो भूमिका स्थापित गर्नेछ’ मेयर डा. पौडेलले भने ‘युवाहरुको आकर्षणको रुपमा रहेको फूटवल प्रतियोगिताबाट हामीले सुरुवात गरेका छौ, यसपछि क्रिकेटलगायत अन्य खेलकुद आयोजना हुदै जानेछन् ।’ 


खेलकुद क्षेत्रको बिकासले उपमहानगरको समग्र बिकासमा टेवा पुग्ने बताउदै मेयर डा. पौडेलले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उपमहानगरको दायित्व रहेको बताए । कार्यक्रममा उपमेयर सरस्वती चौधरीले उपमहानगरको सवै वडाको प्रतिनिधित्व हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले नया प्रतिभाहरु बाहिर आउने बताएकी छिन् । उपमहानगरले खेलकुद क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको भन्दै उपमेयर चौधरीले खेलकुदको गतिविधिलाई निरन्तररुपमा अघि बढाउने बताएकी छिन् । 


कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रतियोगिताको उदेश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शोभा कार्की, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा, नवजनजागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले मन्तब्य राखेका थिए । 


कार्यक्रममा वडा नं. २ का अध्यक्ष तिलक श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नं. ११ का अध्यक्ष विनोद यादव, वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं. २३ का अध्यक्ष अस्लम देवान, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, अनिता चौधरी, ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक भूवन भट्टलगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, क्लबका पदाधिकारीको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.