logo

गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

      6/20/2018 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

वीरगंज ६ असार ।

नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा बुधवार बेटी पढाई दहेज मुक्त समाज बनाई शीर्षकमा गाउपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता श्री रा.रा.चौ.मावि. झौवागुठी—३ मा सम्पन्न भएको छ ।

सो कार्यक्रममा गाउपालिकाका ४ वटा मावि र निमाविका विद्यार्थीहरुले सहभागि भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निमावि गर्दौलकी छात्रा प्रितम कुमारी यादव प्रथम, मावि बहुअर्वाभाठाका छात्र इन्द्रेणी चौहान दोश्रो, मावि झौवागुठीका छात्र प्रमोद चन्द्रवन्शी र प्रियंका दास चौथा भएका थिए ।

सो कार्यक्रममा निर्णायक मण्डलमा धर्मेन्द्र कुमार चौबे, रामलखन चौरसिया, अच्छेलाल मुखिया र प्रमोद चौहानले प्रतियोगिहरुको मुल्यांक गरि पहिलो दोश्रो तेश्रो र चौथो छुटयाएका थिए । 

सो कार्यक्रमका प्रमुख अतिथि श्री रामस्वरुप रामपृत चौरसिया माध्यमिक विद्यालयका प्राधानाध्यापक सताश चन्द्र झाले स्थानिय भाषामा पहिलो पल्ट वक्तृत्वकला प्रतियोगिता भएको र यसलाई अगामी दिनमा पनि निरन्तरता दिने आयोजक संस्थालाई आग्रहगरेका थिए । निरन्तर स्थानिय भाषामा विभिन्न खाले कार्यक्रमको संचालन भोजपुरी भाषामा होस भन्ने कुरामा जोड दिएका थिए । सो कार्यक्रममा गाउपालिकाका ४ वटै विद्यालयका छात्र छात्रा र शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

नेपाल युवा परिषद् पर्साका सचिव शेष मखदुम जहाँगस्तको सभापतित्व कार्यक्रममा सहजीकरण अजय कुमार चौरसियाले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.