logo

प्रतियोगितामा प्रथम हुनेले दुई लाख पुरस्कार पाउने

      9/15/2019 गते 00 00 मा प्रकाशित     1848   पटक पढिएको

वीरगंज, २९ भदौ ।
पर्सा वडिविडिङ एण्ड फिटनेस एसोसिएसन ,पर्सा र फिटनेस स्टुडियो नेपाल काठमाडौंको आयोजनामा बीरगन्जमा पहिलो पटक प्रथम रेम्वो कलासिक वडिविडिङ एण्ड मेन फिजिक्स च्याम्पियन प्रतियोगिता हुने भएको छ।

 

प्रतियोगिताको सम्बन्धमा आज स्थानीय होटल अमन प्यालेसमा पत्रकार सम्मेलन गरि महासचिव सन्तोष पटेलले जानकारी दिएका हुन प्रतियोगितामा करिब २ सय  जनाको सहभागीता रहने छ उक्त प्रतियोगिता ५ समूहमा बिभाजन गरिएको छ ।

 

प्रतियोगिता ५५,६०,६५,७०,७५ं के,जि समुह रहने पत्रकार सम्मेलनमा महासचिव पटेल बताएका छन् प्रतियोगितामा प्रथम रेम्बो कलासिक वडिविडिङ रु २ लाख, वोयट क्याटवरि विजेता रु १ लाख, मेन फिजिक्सट प्रथम विजेता रु ५१ हजार ,मेन फिजिक्यु रु २० हजार मेनफिजिक्यु रु१० हजार पुरस्कार राखिएको छ।

 

प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान आयोजकले जनाएको छ। कल्बका सल्लाहकार सुबोदले वीरगंजमा राष्ट्रिय प्रतियोगिता हुनलागेकोमा खुशी ब्यक्त गरे ।

 

वडिविडिङ एण्ड फिटनेस एसोसिएसन पर्सा र फिटनेस स्टुडियो नेपालका अध्यक्ष दिपराज वर्णवालको अध्यक्षतामा पत्रकार सम्मेलन समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार आशिक अन्सारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.