logo

दौड बीरगंज दौड, अन्दरदेशीय म्याराथानको उपाधी घडीअर्वाका साहले जिते 

      9/28/2019 गते 00 00 मा प्रकाशित     1879   पटक पढिएको

वीरगंज,११ असोज । वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्। पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको म्याराथनको उपाधि वीरगन्ज १० घडीअर्वाका १९ वर्षीय साहले जितेका हुन्।

दम्याराथनको १० किलोमिटर दुरी उनले ३७ मिनेट ५६ सकेण्डमा पुरा गरेका हुन्। म्याराथनमा रौतहटको कटहरीया नगरपालिका १ भसेडवाका १४ वर्षीय आदेशकुमार यादव दोश्रो र वीरगन्ज ३ छपकैयाका १८ वर्षीय महम्मद ओसामा हवारी तृतीय भएका छन्।

१० किलोमिटर दुरी यादवले ३८ मिनेट ४२ सेकेण्डमा र हवारीले ३९ मिनेट ५९ सेकेण्डमा पुरा गरेका हुन्। म्याराथनको उपाधि विजेता साहले मेडल सहित ११ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन्। दोश्रो भएका यादवलाई भने मेडलसहित नगद ५ हजार र तेश्रो भएका हवारीलाई नगद तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक एथलेटिक्स संघका अध्यक्ष वीरेन्द्र पटेलले जानकारी दिए।

यस्तै म्याराथनमा महिलातर्फको उपाधि भने वीरगन्जकी संगीता यादवले जितेकी छन्। उनले १० किलोमिटरको दुरी ४८ मिनेट १७ सेकेण्डमा पुरा गरेकी हुन्। महिलातर्फ रेहाना खातुन द्वितीय र नाजिया हुसन सिद्धिकी तृतीय  भएकी छन्।

पहिलो, दोश्रो र तेश्रो भएकालाई पनि क्रमश ११ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको अध्यक्ष पटेलले बताए। खुल्ला म्याराथन प्रतियोगितामा पुरुष र महिला गरी एक सय २५ जनाले भाग लिएको एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेलले जानकारी दिए।म्याराथन प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थिए।वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको दौड प्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मुर्ली, पावरहाउस चोक हुँदै गण्डक चोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.