logo

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु

 इसीमाना सम्वाददाता     २०७९ माघ २५ गते ०५: ०० मा प्रकाशित     482   पटक पढिएको

वीरगञ्ज /वीरगञ्जमा बुधबारदेखि प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । सातै प्रदेशका खेलाडीले सहभागिता जनाएको प्रतियोगिताको बुधवार एक कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।

 


नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजना , वीरगञ्ज महानगरपालिका र आइजको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

 

२८ गतेसम्म चल्ने प्रतियोगितामा सातै वटै प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र प्रदेश नम्वर १ सुनसरीबीच प्रतिष्पर्धा भइरहेको छ ।

 


प्रतियोगिताको विजेता टोलीले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्ने नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.