logo

खो खो प्रतियोगिताको दोस्रो खेलमा भक्तपुरसँग वीरगञ्ज पराजित

 इसीमाना सम्वाददाता     २०७९ फागुन ६ गते ०६: ०० मा प्रकाशित     880   पटक पढिएको

वीरगञ्ज ।भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खो प्रतियोगिता अन्तर्गत शनिवार भएको दोस्रो खेलमा वीरगञ्ज पराजित भएको छ ।

 

बनेपा नगरपालिकालाई बिहान पराजित गर्दै विजयी यात्रा सुरु गरेको वीरगञ्जलाई आजै दिउँसो भएको दोस्रो खेलमा भक्तपुर “बी” ले पराजित गरेको हो ।

 

वीरगञ्जलाई १३–१० को सेटमा पराजित गर्दै भक्तपुर “बी” ले विजयी यात्रालाई निरन्तरता दिएको हो ।

 

शुक्रबार भएको उद्घाटन खेलमा भक्तपुरले कलैया उपमहानगरपालिकालाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको थियो ।

 

वीरगञ्जलाई पराजित गरेसँगै भक्तपुर “बी” क्वाटरफाइनल प्रवेश गरेको छ ।

 

वीरगञ्जले आइतबार कलैयासँग प्रतिष्पर्धा गर्ने छ । वीरगञ्जलाई क्वाटरफाइनल प्रवेशका लागि कलैयालाई पराजित गर्नै पर्ने बाध्यता छ ।

 

कलैयासँग पराजित भए वीरगञ्ज प्रतियोगिताबाट बाहिरिने छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियाका वडाध्यक्षद्वारा पत्रकारलाई अपशब्द र कुटपिटको धम्की , प्रेस चौतारी पर्साद्वारा भर्त्सना

वीरगन्ज ।  पर्साको पोखरिया नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकारलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.